Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वडा सदस्य रानाको निधन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा एक जनप्रतिनिधिको निधन भएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर २ का वडा सदस्य पुष्कर रानाको निधन भएको हो । ४५ बर्षिय रानाको बिहिबार निधन भएको हो ।

उच्च रक्तचाप र मधुमेहका बिरामी रानालाई बिहिबार चौरजहारीबाट थप उपचारको लागि नेपागञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । वडा सदस्य रानाको बिहिबार नै दाहसंस्कार गरिएको छ ।
रानाका ३ छोरा, २ छोरी र श्रीमती हुनुहुन्छ । उहाँ पुर्व नेपाल प्रहरी समेत हुनुहुन्छ ।

जनप्रतिनिधि रानाको असामयीक निधनले नगरपालिका र सिंगो जिल्लालाई अपुरणीय क्षति पुगेको चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले जानकारी दिनुभएको छ । उहाँ अत्यन्त सहयोगी, मिलनसार र वडावासीको भरोसायोग्य जनप्रतिनिधि हुनुहुन्थ्यो । 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्