Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

आइतवारदेखि मात्रै मौसममा सुधार आउने
tribeni2

काठमाण्डाै / गए रातिदेखि निरन्तर परेकाे पानीकाे कारण उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

बिहिबारबाट मौसममा आएको बदलीको कारण चिसो बढेको छ । हिमपात र वर्षाका कारण चिसो बढेपछि किसानहरु खुशि भएका छन् । आकाशे पानीको भरमा खेतिपाती गर्ने किसानहरु हिमपात र वर्षाले राहात भएको बताउछन् ।

काठमाण्डौमा पनि गएराति मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ । बिहानीपख आकाश खुलेर एकछिन घाम लागे पनि फेरि आकाशमा डम्म बादल लागेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिनभर काठमाण्डौ उपत्यका र देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ ।

भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो। 

तस्बिर : माैसम पूर्वानुमान महाशाखा

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्