कविता - आमाको याद !

 
  • सिर्जना देवकोटा
मनमा घाउ बल्झिरह्यो
तिम्रो अभाव खड्किरह्यो
तिम्रो तस्विर छुँदाछुँदा
रित्तिए यि आँखाहरु
तिमीलाई सम्झि रुँदारुँदा।
 
त्यो, वालापन त हाँसेर गयो
आज पो मन भारी भयो
कस्तो रहर पलाई आँउछ
तिम्रो मुहार हेर्न मन लाउँछ
तर तिमी छैनौ, आमा
तिम्रो सम्झना मात्रै छ मनमा ।
 
भेट्न त मन छ, कसरी भेटु
अदृश्य छौ आमा,कसरी देखु
सुन्न मन छ तिम्रो बोली
आवाज देउ न मलाई
तिम्रो आभास देउ न मलाई ।
 
लक्ष्य छैन जीवनको केहि पनि
हराएछ तिमीलाई नै खोज्दा
गन्तव्य छैन भुलेछु आमा
मात्र तिम्रो यादमा भुल्दा
मात्र तिम्रो यादमा भुल्दा ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  २३:०२
प्रतिक्रिया दिनुहोस्