Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
हिमपातको असर

रुकुम पूर्वमा हिमपातपछि सर्वसाधारणलाई घर बाहिर निस्कन मुश्किल

पशु चौपायालाई आहाराको अभाव
२०७८ माघ २१
tribeni2

रुकुम पूर्व / बिहिबार देखि परेको पानीसँगै रुकुम पूर्वको अधिकांश क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण सर्वसाधारणको जनजिवन प्रभावित बनेको छ । यस वर्ष पटक-पटक भएको हिमपातका कारण मानिससँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांस क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरी हिउँ थपिएपछि चिसोको कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका तेजकुमार गुरुङले बताउनुभयो । मैकोट लगायत आसपासको क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउदै पुनः थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उहाँको भनाई छ ।

बाक्लो हिउँ जमेको कारण मैकोटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयले बताएका छन् । हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरण क्षेत्रको अभाव भएको मैकोटमा विकास पुनले बताउनुभयो । पहिले स्टोर गरी राखेको घाँसपात सकिएकोले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उहाँको भनाई छ ।

हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सुचारु गर्न पनि नसकिएको पुथाउत्तरगंगा गाउँपालिका १ का कार्यबाहक वडाध्यक्ष मग कामीले बताउनुभयो । समयमै विकास निर्माणको काम सुचारु गर्न नसक्दा वडालाई घाटा हुने गरेको भनाई उहाँको छ । यस्तै २, ३, ५ लगाएतका अन्य वडामा पनि विकास निर्माणका काम ठप्प अवस्था रहेको वडाहरुले बताएका छन् ।

फोटो : हेमन्त राईको फेसबुक वालबाट

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०१:०२
प्रतिक्रिया दिनुहोस्