Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बेहुली लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

tribeni2

प्यूठान / शनिबार बिहान प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय पदमबहादुर केसीले जानकारी दिनुभयो ।

ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताउनुभयो ।

जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको बताईएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्