Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा भिरबाट लडेका बालकको मृत्यु

tribeni2

रुकुम पश्चिम / भिरबाट लडेर घाईते भएका एक बालकको मृत्यु भएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ४ का १३ बर्षिय भागिराम केसीको शुक्रबार साँझ निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । भागिरामलाई उपचारको लागि शिक्षण अस्पताल नेपालगंज लिईएको थियो । 

शुक्रबार दिउँसो बाख्रा चराउन स्थानीय बाधापानी जंगलमा गएका उनी लडेर घाईते भएका थिए । शुक्रबार नै उपचारका लागि शिक्षण अस्पताल नेपालगंज पुर्‍याईएको थियो ।

बालकका बुवा हिरे खत्रीले अस्पताल पुर्‍याईएपछि जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्