Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अर्थमन्त्री शर्मा सहित श्रीमती, छोरा र छोरीलाई कोरोना संक्रमण

स्वास्थ्य अवस्था सामान्य
tribeni2

काठमाडौ / अर्थमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको परिक्षणबाट मन्त्री शर्मालाई कोभिड १९ संक्रमण पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री शर्मासँगै उहाँकी श्रीमती लक्ष्मी शर्मा, छोरा प्रकाश शर्मा र छोरी कविता शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।

केहि दिन यता स्वास्थ्य अवस्था असामान्य भएपछि निवासमै रहनुभएका मन्त्री परिवारले कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो । उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमा नै आराम गरिरहेको जनाईएको छ ।

मन्त्री शर्माले यस बीचमा आफ्नो सम्पर्कमा आउनुभएकाहरुलाई सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्