Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्युठानमा जीप दुर्घटना हुँदा ज्यान गुमाउने आठ जनाकै पहिचान खुल्यो, बेहुला बेहुलीसहित पाँच घाइते

एकै परिवारका तीन जनाकाे मृत्यु
tribeni2

शनिबार बिहान प्युठानकाे ओखरपाटामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने आठ जनाकै पहिचान खुलेकाे छ। दुर्घटनामा ज्यान गुमाउनेमा एक बालिकासहित पाँच महिला र तीन पुरुष रहेका छन्। 

मृतक आठ जनामध्ये एकै परिवारका तीन जना समेत रहेका प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गौमुखी गाउँपालिका-६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, उहाँकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको ज्यान गएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभएको छ । 

दुर्घटनामा त्यही  वडाका २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको ज्यान गएको छ । यस्तै नौबहिनी- ६ लुङकी १८ वर्षीया विपना जीसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जीसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार बेहुलीको एउटा हात भाँचिएको छ । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर खड्का र सावित्रा जीसीको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ ।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियाे । नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेकाे थियाे । 

जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे । रातभर पानी परेको र बाटो चिप्लाे भएका कारण जीप दुर्घटना भएकाे डीएसपी थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्