Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार हिरा परियारलाई 'डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार'

आज प्रेस चौतारी नेपालको २४ औ स्थापना दिवस
tribeni2

रुकुम पश्चिम / पत्रकार हिरा परियार 'डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार २०७८' का लागि छनौट हुनुभएको छ ।

प्रेस चौतारी नेपालको २४ औ स्थापना दिवसको अवसरमा आज काठमाडौमा आयोजित एक कार्यक्रमका बिच यस अघि स्थापना गरेको उक्त पुरस्कारका लागि उहाँको नाम छनौट गरेको जानकारी गराईएको हो ।

रुकुम पश्चिमलाइ कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गरिरहनु भएकी पत्रकार परियार पत्रकार महासंघ रुकुमको सचिव हुनुहुन्छ । प्रेस चौतारी नेपाल रुकुमको सचिव समेत रहेकी उहाँ ग्यालेक्सी टेलिभिजनमा जिल्ला संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँसँगै प्रेस चौतारी नेपालले पत्रकार गगन बिष्टलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार, झलक सुवेदीलाई अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार र अनुप तिवारीलाई वीरेन्द्र कुमार साह क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

त्यसैगरी शिवराज भट्टलाई प्रेस चौतारी पद्मलक्ष्मी सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कार र शान्ति गुरुङलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने प्रस चौतारी नेपालले जानकारी गराएको छ ।

पुरस्कारहरु प्रेस चौतारी नेपालको राष्ट्रिय सम्मेलनको अवसरमा प्रदान गरिने जनाईएको छ

 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्