Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा हिउँमा रमाउनेहरुको भिड (फोटाहरु)

tribeni2

रुकुम पश्चिम / बिहिबार र शुक्रबार परेको झरीका कारण चिसो अत्याधिक बढेको छ । झरीसँगैको हिमपातका कारण कतिपय स्थानमा जनजीवन कष्टकर बनेको छ भने कतिपय ठाउँमा हिउँदे बाली सप्रने भन्दै किसानहरु हर्षित बनेका छन् ।

रुकुम पश्चिमको केहि भागहरुमा पनि हिउँ परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, मुसिकोट नगरपालिकाका बिभिन्न स्थानमा हिउँ परेको छ ।

जिल्ला सदरमुकाम मुसिकोटको वडा नम्वर ८ गर्पाधुरी र रिनदहमा हिउँमा रमाउनेहरुको भिड लागेको छ । शुक्रबार र शनिबार दुबै दिन हिउँमा रमाउनेहरुको भिड लागेको हो । सदरमुकाम नजिकको क्षेत्र र बाक्लो हिउ परेको कारण मानिहरु हिउँमा रमाउन भिडभाड नै गरेको पाईन्छ ।

आज शनिबार त्यस क्षेत्रमा हिउमा रमाउनेहरुको संख्या बढेको स्थानीयले बताएका छन् ।

केहि फोटाहरु :

 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्