Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जुम्ला चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु, हिउँमा फसेका दर्जनौको ओढारमा बास

tribeni2

जुम्ला / चिसोले कठ्याङ्ग्रिएर जुम्लामा दुईजनाको मृत्यू भएको छ । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ बारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी ८ का ३७ बर्षकी देवी शाहीको चिसोले कठ्याङ्ग्रिएर मृत्यू भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार रावतको गोठालो गएको बेलामा हिउँमा परेर मृत्यू भएको भने शाहीको सेतो चिनी कोर्न जाँदा वडानम्बर ८ ईमिल्चामा मृत्यू भएको हो ।

हिउँमा फसेकाहरुको ओढारमा बास

यसैगरी तातोपानी गाउँपालिका ८ मा १८ देखि ५५ जना मानिसहरु हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । अध्यक्ष नवराज न्यौपानेले जडिबुटी (खिरौलो) कोर्न गएका गएका १८ खेदि ५५ जना मानिसहरु फसेको खबर आएको तर एकिन गर्न नसकिएको बताउनुभयो । उहाँले वडाध्यक्षहरु सँग समन्वय भईरहेको बताउनुभयो । 

हिउँमा फसेका मानिसहरु ऐडि ओडार, गाग्री ओडार, खोटि सल्लामा बसेको बताईएको छ । प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले अनुसार अन्य मानिसहरु हराएको भन्ने खबर पाएपछि बुझ्दै जाँदा ओडारमा बसेको खबर प्राप्त भएका बताउनुभयो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार ठूलो मात्रमा हिउँ फसेको खबर प्राप्त भएपछि सो क्षेत्रमा खाद्यन्न बमेकेर हेलिकप्टर पठाउने तयारी गरिएको छ । हिउ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था भने छैन । उनीहरु सकुशल भएकाले खाद्यन्न पुर्याउनको लागी तयारी भईरहेको छ ।

नन्दाबक्स गण जुम्लाका गणपती रविन थापाका अनुसार सुर्खेतबाट हेलिकोप्टर आउने बित्तिकै खाद्यन्न लिएर त्यस क्षेत्रतिर लाग्ने तयारी भईरहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्