Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा नारायण माविको नयाँ भवन उद्घाटन

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / सल्यानमा एक विद्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ ।

शनिबार जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर २ मा रहेको श्री नारायण माध्यमिक विद्यालयको नव निर्मित ८ कोठे भवनकाे  उद्घाटन गरिएको हाे । कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगर गिरिले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हाे ।

कर्णाली प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा करिव ५४ लाखमा उक्त भवन निर्माण गरिएको बताइएको छ ।

भवन उद्घाटन कार्यक्रम सगैँ शनिबार नै भवन निर्माण गर्न सहयोग गर्ने गाउँपालिका, तत्कालिन पूर्व अर्थमन्त्री ज्वाला र भवन निर्माणको जिम्मेवारी पाएको न्यू विके विल्डर्स एण्ड सप्लायर्स निर्माण कम्पनीलाई विद्यालय परिवारले विशेष सम्मान समेत गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्