Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा धारा बनेकाे पाँच बर्षसम्म पानी आएन, जनता कुवा र खोलाकाे पानी खान बाध्य

tribeni2
  • यमराज थापा

रुकुम पश्चिम / आठबिसकोट नगरपालिका वडा नम्वर ५ थापागाउँमा खानेपानीको चरम अभाव भएको छ । पानी ल्याउनका लागि नयाँ धाराहरु बनेको करिब ५ बर्ष बितिसक्दा समेत धारोमा पानी आएको छैन ।

करिव ९० घर धुरी रहेको उक्त गाउँमा पुरानो ३ वटा धारा भएपनि त्यो धाराको पानी अपुग भएको छ ।  पुरानो धाराको पानी अपुग भएको बर्षाै हुँदा समेत नयाँ धारामा पानी आउँदैन ।

सरोकारवाला निकायको ध्यान यसतर्फ नपुग्दा स्थानीयवासी भने कुवा र खोलाको पानी खान बाध्य भएका छन । स्थानीयवासीहरुले गाईभैसीलाई पानी खुवाउन समेत खोलाबाट  बोक्नुपरेको गुनासो गर्छन ।

बर्षा र हिमपातको समयमा गाउँलेहरुको आफ्नो ज्यान जोखिममा राखेर मानिसका लागि र जनावरको लागी खानेपानी घर सम्म पुर्याउन खोला र कुवा जानुपर्ने बाध्यता रहेकाे छ।

गाउँमा खानेपानीको चरम अभाव हुदाँ स्थानीय सरकारले वास्ता नगरेको स्थानीयहरुको गुनासो रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ००:०२
प्रतिक्रिया दिनुहोस्