Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमको मालपोतमा पहिलो पटक 'टोकन प्रणाली'

tribeni2

रुकुम पश्चिम / अनियमित र अव्यवस्थित सेवा भएको गुनासो बढिरहेको बेला मालपोत कार्यालय रुकुम पश्चिमले सेवालाई सहज बनाउने प्रयास थालनी गरेको छ । यहि माघ ४ गते देखि कार्यालयमा टोकन प्रणाली मार्फत सेवा प्रदान गर्न थालिएको छ ।

'बिचौलियाको चलखेल भयो' मालपोत कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीले भन्नुभयो -'चलखेल रोक्न र पालो अनुसार सहज सेवा प्रवाह गर्न टोकन प्रणाली लागु गरेका छौ ।'

निमित्त प्रमुख खत्रीले धेरै गुनासो आउने गरेको अनलाईन सेवा र बिद्युतको समस्या समाधान केन्द्रित भएको समेत बताउनुभयो । उहाँले सोलार सिस्टम जडान गरेर बिद्युतको समस्या समाधन गरिएको र इन्टरनेटको समस्या समाधनमा लागेको जनाउनुभयो ।

मालपोत कार्यालयमा सेवाग्राहिहरुले आफ्नो पालो अनुसार समयमै सेवा नपाएको गुनासो गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयमा समेत मालपोत कार्यालयमा भएको अव्यवस्थित सेवाबारे सेवाग्राहि तथा लेखापढी व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

गुनासोपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मालपोत कार्यालयमा टोकन प्रणाली सुरुवात गर्न निर्देशन दिनुभएको थियो । उहाँले सेवाग्राहिलाई समयमै, पालो अनुसार र सहज रुपमा सेवा प्रदान गर्न टोकन प्रणाली लागु गर्न निर्देशन दिए लगत्तै मालपोत कार्यालयले उक्त सेवाको सुरुवात गरेको जनाएको छ ।

टोकन प्रणाली अनुसार सुरुमा सेवाग्राहिले कार्यालय प्रमुख समक्ष निवेदन पेश गरेपछि प्रमुखले नम्बर र समय अंकित टोकन सेवाग्राहिलाई उपलब्ध गराउनुहुनेछ । त्यसपछि सोहि टोकन नम्वर अनुसार सम्बन्धित फाँटमा क्रमैसँग सेवाग्राहिले सेवा लिन सक्नेछन् ।

कार्यालय प्रमुख खत्रीका अनुसार सकभर टोकन उपलब्ध गराएकै दिनमा सेवा प्रदान गरिने छ । तर, सोहि दिन काम सम्पन्न नभएमा अघिल्लो दिनको टोकन नम्बर अनुसार काम हुनेछ ।

 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्