सोसल मिडिया
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले नेपाली कांग्रेस र आफ्नो दल एकीकृत समाजवादीबाट तीन–तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
तर शपथग्रहण कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले भने पद तथा गोपनियताको सपथ लिनुभएन । मुख्यमन्त्रीले जानकारी नदिई मन्त्रालय विभाजन गरेका कारण आफू शपथग्रहणमा नगएको मन्त्री कार्कीले बताउनुभएको छ ।