Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
रुकुमकोटको ढल निकास

छिप्रीदहमा ढल निकासको लागि १ करोड ३७ लाख बजेट थप

फोहोर शुद्धिकरण गरेर सानीभेरीमा मिसाइने
२०७८ माघ २३
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा ढल निकासको काम पुनः सुरु हुने भएको छ ।

अबको एक हप्ताभित्र छिप्रीदह - सेराखेत ढल निकासको काम सुरु गर्ने सिस्ने गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा भ्याटबाहेक १ करोड ३७ लाखमा ढल निकासको काम हुने भएको गाउँपालिकाका इन्जिनीयर कर्ण केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार रन्जित रञ्जन क्न्स्ट्रक्सन कम्पनी गुल्मिले ठेक्का पारेको छ ।

चालु आर्थिक वर्षमा ४ सय ७० मिटरमा ढल निकासको काम हुने इन्जिनीयर केसीले बताउनुभयो । उहाँकाअनुसार सुरुको वर्ष अर्थात आर्थिक वर्ष ०७६/७७ मा उपभोक्ता समितिमार्फत ९७ लाखले १ सय ६५ मिटरमा ढल निकासको काम सम्पन्न भएको थियो ।

दोस्रो वर्ष ०७७/७८ मा भ्याटबाहेक १ करोड ११ लाख बजेटमा इन्द्रदेवी पीभिजेवीले ५ सय ६० मिटरमा ढल निकासको काम सम्पन्न गरिएको इन्जिनीयर केसीले बताउनुभयो । चालु वर्षको काम अब सुरु हुन लागेको छ ।

काम सुरु भएदेखि अहिलेसम्मको अवधिमा सिस्ने गाउँपालिका ६ छिप्रीदहस्थित अमर छापाखाना बसेको घर अगाडिदेखि ढकालबारासम्मको ७ सय २५ मिटरमा ढल निकासको काम सम्पन्न भइसकेको छ । संघीय सरकार र सिस्ने गाउँपालिकाको समपुरक अनुदानबाट ढल निकास निर्माणको काम भइरहेको छ ।

ढल निकासबाट गएको फोहोरलाई धाउनेमा फोहोर शुद्धिकरण गर्ने संरचना (ट्रीटमेन्ट प्लान) बनाएर सानीभेरीमा मिसाइने इन्जिनीयर केसीले बताउनुभएको छ ।

सिस्ने गाउँपालिकाले ढल निकासको आर्थिक वर्ष २०७४÷७५ मा ९ करोडको डीपीआर तयार गरेको थियो । ढल निकासको व्यवस्था नहुँदा अहिले छिप्रीदह बजारमा उत्पन्न फोहोर पानीलाई व्यवस्थापन गर्न समस्या भएको छ ।

ढल निकासको कामले पूर्णता पाएमा छिप्रीदह बजारबाट निस्किने फोहोर पानीलाई व्यवस्थापन गर्न सकिने बजार सरसफाइमा पनि टेवा पुग्ने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्