Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा मन्त्री परिषद् विस्तार, पाँच मन्त्रीले लिए शपथ

tribeni2

सुर्खेत / आईतबार कर्णाली प्रदेश सरकारमा नियुक्त पाँच मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको हो ।

कांग्रेसबाट हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र यसअघि पनि मन्त्री बनेका यज्ञबहादुर बुढा क्षेत्रीले सामाजिक विकास मन्त्रीमा शपथ ग्रहण गर्नुभएको हो ।

त्यसैगरी माओवादीबाट गैर–संसद कार्चेन लामालाई ऊर्जा तथा जलस्रोत र गणेशप्रसाद सिंहलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

समाजवादीबाट पदम रोकायाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको शपथ ग्रहण गर्नुभएको छ । यसअघि एकीकृत समाजवादीले तीन मन्त्रालय नछाड्ने अडान राखे पनि पुनः दुई मन्त्रालयमा चित्त बुझाएको छ ।

नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनेको तीन महिनापछि आज सरकारले पूर्णता पाएको हो । लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागवण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन ।

कर्णालीमा आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। जसमा मुख्यमन्त्री र दुई मन्त्री यसअघि नै भइसकेका छन् भने अन्य माओवादी केन्दबाट दुई, कांग्रेसबाट दुई र एकीकृत समाजवादीबाट एक गरि पाँच जना थपिएका हुन् ।

यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र एकीकृत समाजवादीबाट भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त हुनुहुन्छ । 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्