Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिहे भोज खान गएका बटालाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

tribeni2

रुकुम पश्चिम / चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

आज बिहान साढे ७ बजेतिर बटाला आफ्नै घरको पछाडि पट्टि मृत अवस्थामा फेला पर्नुभएको हो ।

छिमेकीको बिहे भोज खान गएका बटाला बिहे घरको पछाडिपट्टि त्रिपालमा एक्लै सुतेका थिए । बिहान आफन्तले उठाउन खोज्दा नउठेपछि मृत अवस्थामा रहेको भन्दै आफन्तले प्रहरीलाई खबर गरेका थिए । 

यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्