Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यसबर्ष कमलको जरा ननिकाल्न माग

जरा निकाल्न गाउँपालिकाद्वारा टेण्डर आह्वान
२०७८ माघ २४
tribeni2

रुकुम पूर्व / रुकुमकोटमा रहेको कमल दहबाट कमलका जरा निकाल्न सिस्ने गाउँपालिकाले टेन्डर आह्वान गरेको बेला यहाँको एक सस्थाले कमलको जरा ननिकाल्न माग गरेको छ ।

कमल दह प्राकृतिक सम्पदा तथा संरक्षण केन्द्र सिस्ने गाउँपालिका ५ बाहुनठानाले दहबाट कमलको जरा निकाल्न प्रतिबन्ध लगाउनुपर्ने माग गरेको हो।

गाउँपालिकाले टेन्डर आह्वान गरिसकेपछि कमल दह प्राकृतिक सम्पदा तथा संरक्षण केन्द्रले जरा निकाल्न प्रतिबन्ध लगाउने माग गर्दै गाउँपालिकालाई पत्राचार गरेको छ ।

संरक्षण केन्द्रका कार्यबाहक अध्यक्ष समिर शाहीले सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको कमल दहमा सिस्ने गाउँपालिकाले ४ वर्षयता ठेक्का प्रणालीमा रुपान्तरण गरी निरन्तर रुपमा कमलका जरा निकालीरहेको र त्यसमा ठेकेदारको चरम लापरबाहीले कमलको फूल, पात, जरा क्रमिक रुपमा लोप हुदै गएकोले जरा निकाल्न प्रतिबन्ध लगाउनुपर्ने माग गरेको बताउनुभयो ।

उहाँले यस वर्ष पनि सिस्ने गाउँपालिकाले कमलको जरा निकाल्न भन्दै टेन्डर आह्वान गरेको जनाउँदै उहाँले यस कार्यले कमल दहमा पार्ने प्रभाव तथा दिगो संरक्षण, अस्तित्वको लागि यस वर्ष पूर्ण रुपमा कमलको जरा निकाल्ने कार्यमा प्रतिबन्ध लगाई कमल दह संरक्षण तथा सम्वर्धन लागि अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २३:०२
प्रतिक्रिया दिनुहोस्