सोसल मिडिया
हरेक नयाँ गन्तव्य सगैँ नयाँ ठाउँ र नयाँ प्रकृतिको आभास गर्न अक्सर केहि मान्छेले मात्रै अवसर पाउँछन । मानिस जीन्दगीभर काम गर्नमा व्यस्त हुन्छ तर कहिल्यै सन्तुष्ट हुँदैन । त्यहि असन्तुष्टि बिसाउने चौतारी हो प्रकृति । प्रकृतिको आडमा मन प्रफुल्ल बनाउने हो भने कहिल्यै पछुताउनुपर्छ जस्तो मलाइ लाग्दैन ।
भुगोलका आधारमा नमुना नै मानिने नेपालमा प्रशस्तै ठाउँ छन् । त्यसैमाथीको एउटा अपवाद जीन्दगीमा स्वर्गीय आनन्द दिने ठाउँ हो, तकसेरा ।जहाँ यो समयमा हिउँले ओछ्यान लगाएर त्यहा पुग्ने मानिसलाई स्वागत गर्छ । जुन अवसर र अनुभूति सायदै मिल्छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ११ मा पर्ने तकसेराबाट यस पटकको हिमपातपछिको सौन्दर्यताका तस्बिरहरु सिर्जना सिज्जुले हामीलाई उपलब्ध गराउनुभएको छ ।