Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिषादि मिसिएको सिनो खाएर घाईते बनेको लोपोन्मुख गिद्धको उद्धारपछि उपचार

tribeni2

रुकुम पश्चिम / शुक्रबार घाईते अवस्थामा भेटिएको लोपोन्मुख गिद्धको डिभिजन वन कार्यालय रुकुम पश्चिमले उद्धार गरेर उपचार गरिरहेको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकाको वडा नम्वर १ मा घाईते अवस्थामा फेला परेको खैरो गिद्धलाई उद्धार गरेर उपचार भैरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले जानकारी दिनुभयो ।

निमित्त प्रमुख कुमाईका अनुसार गिद्धले विषादी हालेको सिनो खाएको आशंका गरिएको छ । गिद्ध झोक्रिएको अवस्थामा फेला परेको थियो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचार गराएर घाईते गिद्धलाई वन कार्यालयको वन्यजन्तु उद्दार केन्द्रमा राखिएको छ । गिद्ध स्वस्थ भएपछि गिद्धको बासस्थनमै छोडिने बताईएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्