Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थानीय तहको निर्वाचनको लागि १ लाख म्यादी प्रहरी चाहिने

tribeni2

काठमाडौँ / स्थानीय तह निर्वाचनका लागी कम्तीमा १ लाख म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारीसगैँ १ लाख म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयले जनाएको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार १ लाख म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव सहितको योजना गृह मन्त्रालयमा बुझाउने तयारी छ ।

२०७४ मा दुई चरणमा गरेर स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा सरकारले २ लाख २६ हजार सुरक्षाकर्मी सहित ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०१:०२
प्रतिक्रिया दिनुहोस्