Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भोलिदेखि मतदाता नामावली संकलन बन्द हुने

tribeni2

काठमाडौ / सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस र सोहीअनुसार मिति तोकिएको बताउनुभयो । उहाँले चुनावको लागि ९४ दिनजति बाँकी रहेकोले समयमै चुनाव गर्न सकिने जनाउनु भयो ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै भोलिबाट नयाँ मतदाता नामावली संकलन गर्न बन्द गर्ने थपलियाले बताउनुभयो। भोलिबाट अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गरिने, कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरू गर्ने आयोगले जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते शुक्रबार स्थानीय चुनाव गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०४:०२
प्रतिक्रिया दिनुहोस्