Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अपांगता भएका व्यक्तिको घरमै गएर कोरोना बिरुद्धको खोप

tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको घरमै गएर कोरोना बिरुद्धको खोप लगाउने व्यवस्था गरेको छ ।

अहिलेसम्म खोप पाउनबाट बञ्चित भएका अपांगता भएका व्यक्तिहरुको घरमै गएर खोप लगाउन थालिएको नगरपालिकाले जनाएको छ ।

आज नगरको २ र ३ नम्बर वडाका ३ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको छ । वडा नम्वर २ का एक जना र वडा नम्वर ३ का दुई जना अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर खोप लगाएको वडा नम्वर ३ का वडा अध्यक्ष भिमबहादुर खड्काले जानकारी दिनुभयो ।

२ नम्वर वडाका हरिकाजि खड्का र ३ नम्वर वडाका रामबहादुर खड्का र सुमन शर्मालाई घरमै गएर कोराना बिरुद्धको खोप लगाईएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर केसी सहितको स्वास्थ्यकर्मीको टोलीले खोप लगाउने काम गरेको हो । स्वास्थ्य शाखा प्रमुख केसीले अहिले सम्म कोरोना बिरुद्धको कुनै पनि खोप नलगाएका उहाँहरुलाई घरमै गएर कोरोना बिरुद्धको खोप लगाईएको बताउनुभयो ।

नगरपालिकाले सूचना पाएसम्म र खोप केन्द्रसम्म आउन नसक्ने १४ ओटै वडाका अपांगता भएका व्यक्तिहरुको घरमै गएर खोप लगाईने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०५:०२
प्रतिक्रिया दिनुहोस्