Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भोलिदेखि बाँफिकोटका किसानको घर-घरमा गणकहरु जाँदै

tribeni2

रुकुम पश्चिम / जिल्लाको बाँफिकोट गाउँपालिकामा भोलि (मंगलबार) देखि किसान सूचिकरणको काम सुरु हुदैछ । किसान सूचिकरणको लागि गाउँपालिकाले २२ जना गणकहरुलाई वडा वडामा पठाउन थालेको छ ।

आईतबार र सोमबार गणकहरुलाई आवश्यक तालिम दिएर मंगलबार देखि फिल्डमा पठाउन थालिएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्र ओलीले जानकारी दिनुभयो । शाखा प्रमुख ओलीले आज दुई दिने तालिम समापन गरिएको बताउँदै भोलि देखि नै गणकहरु वास्तविक किसानहरुको घरमा जाने बताउनुभयो ।

गणकहरुले प्रत्येक किसानको घरमा पुगेर वास्तविक तथ्यांक ल्याउने समेत उहाँले जनाउनुभयो ।

दुई दिन सम्म गाउँपालिकामा चलेको किसान सुचिकरण सहजकर्ता (गणक) तालिममा सहभागी सहजकर्ताहरुलाई तथ्यांक संकलनबारे सिकाईएको बताईएको छ ।

गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षमा भएको तालिममा कृषि विकास कार्यालयका प्राविधिक सहायक महेश कुमार बिष्टले सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्