Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सांसद बाँनियामाथि बलात्कारको आरोप

tribeni2

नेपालगञ्ज / नेकपा एमालेका सांसद मोहन बाँनियामाथि बलात्कारको आरोप लागेको छ । बाँनियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाउनुभएको हो ।

नेपालगञ्जको अप्सरा होटलमा बाँनियाले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै शिक्षिकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिनुभएको छ ।

जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बाँनियाले बलात्कार गरेको आरोप लगाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्