Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रहरी जवान चन्दद्वारा १२ लाख बराबरको जग्गा वडा कार्यालयलाई दान

tribeni2

रुकुम पश्चिम / नेपाल प्रहरीमा कार्यरत एक प्रहरी जवानले वडा कार्यालय निर्माणका लागि जग्गादान गर्नुभएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ घर भई हाल जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान शेरजंग चन्दले चौरजहारी नगरपालिका वडा नम्बर ११ लाई जग्गादान गर्नुभएको हो ।

चन्दले १२ लाख बराबरको ११ मिटर मोहडा र १६ मिटर लम्बाई भएको १ सय ७० वर्गमिटर जग्गा वडा कार्यालयको नाममा पास गरिदिएको दिएको बताउँनुभयो । 'सम्पत्ति कमाउनु मात्रै ठुलो कुरा होइन, समाजका लागि केहि योगदान गर्नु महत्वपूर्ण विषय हो' चन्दले भन्नुभयो ।

जागीर वा धेरै सम्पत्ति आर्जन गरेर अथवा पुर्खैली सम्पत्ति धेरै भएर नभइ सामाजिक योगदानबाट प्रेरित भएर राष्ट्रका नाममा जग्गादान गरेको चन्दले जानकारी दिनुभयाे।

वडा अध्यक्ष मनमोहन शाहले चन्दको योगदानलाई उच्च कदर हुने बताउँदै धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्