Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा ३ सय ७३ जना कर्मचारीको माग

tribeni2

सर्खेत /  कर्णाली प्रदेश लोकसेवा आयोगले स्थाइ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागेको हो ।

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३ सय ७३ जना कर्मचारी आवश्यक रहेको आयोगले जनाएको छ । उक्त दरखास्तमा खुल्ला, महिला, आदिवासी, जनजाती र मधेसीको कोटामा सिट छुट्याइएको छ ।

योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने आयोगको सूचनामा उल्लेख छ । अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुनेछ ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्