Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दिपायलको प्रादेशीक महोत्सव र विरोधी आपराधीक मानसिकताहरु

शुक्रबार, चैत १, २०७५
tribeni2

कुनै पनी क्षेत्रमा हुने मेला महोत्सव सम्बन्धीत क्षेत्रको सामाजीक साँस्कृतीक आर्थीक मात्रै होईन त्यहाँको रहनसहन चालचलन र त्यस क्षेत्रको पहिचान स्थापित गराउने माध्यम पनि हुन् ।

नयाँ संबिधानको कार्यान्वयनानुरुप केन्द्रिकृत राज्यशक्तिलाई विकेन्द्रित गर्ने संघियताको अभ्यास स्वरुप साविकको सुदुरपश्चिमाञ्चल केही थपघट केही आसा केही विस्वास केही नयाँ संरचनामा सुदुरपश्चिम प्रदेशमा रुपान्तरित भएको छ । तत्कालिन पश्चिम नेपालकै बागडोर हाँकेको डोटीको ऐतिहासिकता अहिलेको राज्यसंरचनामा झनै बढी महत्वका साथ उजागर हुनु आवश्यक छ, हुनेछ र रहिरहनेछ ।

एकातर्फ संघियताको नयाँ अभ्यास,  अर्कातर्फ अबको भावि पुस्तामा थपिएको चुनौती, धार्मिक साँस्कृतिक र सामाजीक ईतिहासको जीवन्तता लाई जगाईराख्नु तथा घरभित्रैको अधिकारप्राप्तीको संघर्ष अहिले डोटीका सामु असरल्ल छरिएका छन् । जिल्ला सदरमुकामको मात्र सिमित परिचयमा अल्झाईने एउटा त्रासलाई अली पर धकेल्नलाई पनि केही गर्नै पर्ने जिम्वेवारी थियो यहाँको एउटा सचेत जमातलाई ।

कुनै स्थान क्षेत्रबिशेष परिचयलाई त्यहाँबाट बाहिर लैजान बाहिर रहेका अरुलाई भित्र ल्याउनु र परिचय गराउनु नै पर्छ ।  मेला र महोत्सवको आयोजनाको उदेश्य यसैबाट प्रेरीत हुन्छ जहीँकहीँ पनि । केही समयअघिमात्र सकिएको एउटा मेला र उत्सव,  अन्य जिल्लामा, क्षेत्रमा पनि आयोजना भएका महोत्सव, व्यवस्थापनको झमेला, अतिथि कलाकारको आमन्त्रण र लगानी । आयोजकले चुनौती मोलेरै पनी मौलिकताको रक्षा र मौलीकपनाको प्रचार प्रसारका लागि भिडमा हाम फालिएकै हो, डोटीको दिपायलमा भएको प्रादेशीक महोत्सव र आयोजक डोटी चेम्बर अफ कर्मशका सन्दर्भमा ।

कहिँकतै पनि यस्ता मेला उत्सव आयोजना हुन्छन् भने त्यसको प्रचार प्रसार मात्रै होईन् मेलामा जिम्वेवारीपुर्ण भुमीका निभाएर आफ्नो गाउँठाउँको मौलीकताको जगेर्नामा टेवा पुर्‍याउनु हर एक को दायीत्व हो । भलै महोत्सव कुनै एक संस्था वा निकायको आयोजनामा होस् । नयाँ कलाकार डोटीमा भित्र्याउनु र डोटि दिपायलको मौलीक पहिचानमा उनिहरुलाई परिचित गराउनु प्रादेशिक महोत्सवको निहित ध्येय थियो भन्दा गलत वा अन्य अर्थ नलाग्ला ।

१७ गतेदेखी २७ गतेसम्म भएको महोत्सवमा सुरुवाती चरणबाट नै केही विरोधका स्वरहरु असमर्थनको शैलीमा कहिँ कतै सुनीन थालेको हो । कुनै पनि काममा केही त्रुटी वा तरिका नपुगेका हुन सक्छन् । घरपरिवारको पुजाआज र विहे व्रतबन्ध अनी गाउँठाउँमा हुने मेला महोत्सवमा हुने गल्तीमा चोर ‍औला ठड्याउनु भनेको बाँदरे प्रवृती नै हो । जो आफु पनि नबनाउने र अरुको बन्न नदिने ल्याकत मात्र राख्दछन् । यहाँ महोत्सवको सन्दर्भमा देखीएका केही विरोधी प्रवृतीको चर्चा गर्न उपयुक्त लाग्यो ।

प्रादेशिक महोत्सवको उद्घाटनका बेला विभिन्न समुदायले आफ्नो झाँकी भेषभुषा र कलाकौशल मात्र देखाएनन् छिमेकी मुलुकका साँस्कृतीक टिमले आफ्नो देशको झन्डासहित झाँकि प्रदर्शन गर्‍यो । मुलत: छिमेकी देशको उत्सवमा आएका उनीहरुले देशको झन्डा बोक्नुलाई अन्यथा लिने वा हामी पनि आफ्नो मौलिकता र राष्ट्रियता सहित उपस्थीत हुने ?  सायद यसबिषयमा विरोधका आवाज निकाल्नेहरुले सोच्न पनि भ्याएनन् कि । हुन त यसको विरोधमा सानो संख्या हो यसलाई त्यती ठुलो मानिरहन आवश्यक पनि छैन् । तर आयोजकलाई गल्ती गरिस् भनेर धारेहात लगाउनेले यो कुरा कमजोरी भयो हामी पनि मिलेर सुधारौँ न भन्ने ल्याकत राख्न सकेको भए सुदुरपश्चिमकै पहिचान बोकेको यो महोत्सवले अझै ठुलो उपलब्धी हासिल गर्ने थियो । महोत्सवको सफलता ति विरोधीहरुका लागि पनि फलदायी हो । स्थानीय स्तरको खानपान बारे नयाँ पुस्ता र आगन्तुक पाहुनालाई जानकारी हुनु मौलीक भेषभुषा र रहनसहनबारे अरुले जानकारी पाउनु स्थानीय उत्पादन विक्रि हुनु र गाउँको पैसा गाउँमै रहनु के कसैका लागि बेफाईदाको बिषय होला र ? पक्कै पनि हुँदैन ।

महोत्सव कुनै एक व्यक्तीले मात्र सफल हुने वा गर्न सक्ने बिषय होईन । यसका लागि विभिन्न समुह बन्छन् र जिम्मेवारी बाँडफाँड हुन्छ । प्रादेशिक महोत्सवमा पनि यसरी नै जिम्मेवारी बाँडिएको छ र काम भएको छ । तर केही गतल तत्वले महोत्सवमा अपराधीको जस्तो भुमिका खेलेका छन् । लाग्दो हो आयोजक बेखबर छ वा खबर भएर पनि केही गर्न सक्दैन् । तर त्यसो होईन्, एउटा सकारात्मक सन्देशका लागि महोत्सवमा होमिएको आयोजकले स साना त्रुटी र गलत प्रवृती फरक माध्यमबाट हल गर्ने क्षमता राख्दछ । अहिले मात्र सहि र सकारात्मक सन्देश दिनु छ महोत्सव अबधिभर आउने पाहुना र अतिथिहरुसंग सहि सन्देश मात्रा पठाउनुछ दिपायल र डोटी भन्दा बाहिर, सुरुमै उल्लेख गरियो यहाँको ऐतिहासिकता चिनाउनु छ ।

महोत्सवको विरोधलाई सामान्य प्रतिक्रियाका रुपमा बुझेर त्यसलाई प्राज्ञिक तवरबाट नै हल अवस्य खोज्नु पर्ने हुन्छ । महोत्सव अवलोकन र त्यसबाट हुने आर्थीक आम्दानीको पाटोमा जुन अपराध ती विरोधी तत्वबाट भएको छ । त्यसको कानुनी समाधान नै निर्विकल्प छ । अहिलेको महोत्सव डोटीको पर्यटन प्रवद्धन कृषी उपजको बजारीकरण सांस्कृतीक र धार्मीक विविधताको संरक्षणका लागि कोशेढुंगा सावित भएको छ । यो सबैको मुल मर्म भनेकै स्थानीयलाई आर्थीक रुपमा सबलीकरणका लागि मार्ग प्रशस्त गर्नु नै हो । आयोजकले खर्च र आम्दानीको बिचबाट बचतको उचीत किनारा पक्कै लगाउने छ तर त्यसलाई नै समाप्त पार्छु भन्ने हिसाबले लाग्ने व्यक्ती वा संस्थालाई सुझाव दिएर वा पाठ पठाएर डोर्‍याउन किमार्थ सकिदैन् । ती अपराधी मानसिकता हुन् तिनको उपचार सोही तबरबाट खोजीनुपर्छ भन्ने यो पंक्तिकारलाई लाग्छ ।

आयोजक ती तत्वका बिषयमा र तिनका उदेश्यका बिषयमा प्रष्ट छ, यस्तो अवस्थामा अहिले उनीहरुमाथी निगरानी त राख्नुपर्ने नै हुन्छ । फरक तवरबाट बाँकी महोत्सव अवधीमा असर पुर्‍याउन नदिन उनीहरुको नियन्त्रणका लागि पछि हट्न भने हुँदैन् । प्रदेश पहिचान बोकेको प्रादेशिक महोत्सव आयोजना गरेकोमा आयोजकलाई बधाई र धन्यवाद ।

जदौ सुदुरपश्चिम

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्