Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भिरबाट खसेर महिलाको मृत्यु

tribeni2

सुर्खेत / भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मंगलवार साढे १ बजेको समयमा सिम्ता गाउँपालिका ४ सिमलगाँउ कि एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा ३८ वर्षीय राधिका नेपाली रहेको प्रहरीले जनाएको छ ।

राधिका मंगलवार बिहान १० बजेको समयमा छोरीसँग लक्ष्मी सामुदायिक वनमा घाँस काट्न गएको बेला भिरबाट लड्नुभएको हो । उहाँको भिरबाट करिब एक सय ५० मिटर तल खसेर मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्