Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाउँपालिकाले निशुल्क बाँडेको सेनेटरी प्याड किराना पसलबाट बिक्रि

गाउँपालिकाले तत्काल अनुगमन गर्ने
२०७८ माघ २७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा सरकारद्वारा निशुल्क बाँडिएका सेनेटरी प्याड केहि पसलहरुबाट बिक्रि गरिएको पाईएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले पालिका भित्रका बिभिन्न बिद्यालयमा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याड निशुल्क बितरण गरेको थियो ।

निशुल्क वितरण गरिएका प्याड त्रिवेणी गाउँपालिकाको वडा नम्वर २ मा सिम्रुतुमा रहेका केहि पसलहरुबाट बिक्रि भएको एक स्थानीयले जानकारी दिनुभयो । उहाँका अनुसार आफुले पसलमा किन्न जाँदा एक प्याकेटमा राखिएका आठ पीस प्याड मध्य तीन पीस निकालेर छुट्टै प्लाष्टिकमा बेरेर समेत बेच्ने गरिएको छ । बजारमा रहेको किराना पसलले बाँकी रहेका ५ पीस प्याड ५० रुपैयामा आफूलाई बेचेको उहाँले बताउनुभयो ।

‘प्याडको बाहिर सरकारद्वारा निशुल्क बाँडिएको लेखेको छ, तर मैले पोकाबाट ३ ओटा कम भएको प्याड ५० रुपैयामा किने,’ उहाँले भन्नुभयो ‘कहिकतैबाट अनुगमन भएको पाईएन ।’

किराना पसलबाट बिक्रि गरिएको सेनेटरी प्याड

 

गाउँपालिकाले बिद्यालयहरुमा निशुल्क बाँडेका प्याडहरु आवश्यकता भन्दा बढी बाँडिएको समेत गुनासो रहेको छ । बाँडिएका प्याडहरु गाउँमा जथाभाबि रुपमा फालिएको अवस्थामा पाईएको बताईएको छ । छोरीहरुले स्कुलबाट ल्याउने र बुवाआमाले बेच्ने गरेको हुनसक्ने बताईएको छ ।

यस बिषयमा त्रिवेणी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रमेश पुनले उक्त गुनासो प्राप्त भएकोले तत्काल अनुगमन गरेर आवश्यक कारबाहि गरिने बताउँनुभयो । सरकारले निशुल्क वितरण गरेको सेनेटरी प्याड दुरुपयोग नगर्न समेत उहाँले अनुरोध गर्नुभयो ।

पोकाबाट निकालेर प्लाष्टिकमा पोको पारिएको प्याडहरु

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्