Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मतदाता संख्या

रुकुम पश्चिममा प्रारम्भिक मतदाता संख्या १ लाख बढी (पुरा विवरण)

सबैभन्दा बढी मुसिकोटमा, कम बाँफिकोटमा
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा भएका मतदाताहरुको प्रारम्भिक संख्या १ लाख बढी रहेको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका अनुसार माघ २४ गते सम्म रुकुम पश्चिममा मतदाताहरुको संख्या एक लाख ६ हजार नौ सय ९३ रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार जिल्लाको मुसिकोट नगरपालिकामा मात्र २२ हजार ७ सय १६ मतदाता रहेका छन् । जसमध्ये ११ हजार ३ सय ९४ जना महिला र ११ हजार ३ सय २२ जना पुरुष रहेका छन् ।

त्यसैगरी आठबिसकोट नगरपालिकामा १० हजार ८ जना महिला र ११ हजार २ सय ७५ जना पुरुष गरी जम्मा २१ हजार २ सय ८३ जना मतदाता रहेका छन् । चौजहारी नगरपालिकामा भने १९ हजार ५ सय १५ जना मतदाता मध्य ९ हजार ६ सय ८७ महिला र ९ हजार ८ सय २८ जना पुरुष रहेका छन् ।

जिल्लाको सानीभेरी गाउँपालिकामा ७ हजार १ सय ७९ महिला र ७ हजार ६ सय ८३ पुरुष गरेर १४ हजार ८ सय २६ जना मतदाताको प्रारम्भिक संख्या रहेको छ । त्रिवेणी गाउँपालिकामा रहेका १४ हजार ५ सय ७८ जना मतदाता मध्य ७ हजार २ सय ८३ जना महिला, ७ हजार २ सय ९४ जना पुरुष र १ जना तेस्रो लिङगी रहेका छन् ।

त्यसैगरी बाँफिकोट गाउँपालिकामा ६ हजार ८ सय ४७ जना महिला र ७ हजार १ सय ९२ जना पुरुष गरेर १४ हजार ३९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन अधिकारी मल्लले जिल्लाका सबै स्थानीय तहमा गरेर ५२ हजार ३ सय ९८ जना महिला र ५४ हजार ५ सय ९२ जना पुरुष मतदाताको प्रारम्भिक तथ्यांक रहेको जानकारी दिनुभयो ।

निर्वाचन अधिकारी मल्लले यो संख्या प्रारम्भिक रहेको र केहि तलमाथी हुनसक्ने बताउँनुभयो । अन्य जिल्लाबाट नामसारी गरेर आउने, १८ बर्ष मुनिका, दोहोरो नाम परेका, अन्यत्र नामसारी गरेकाहरुको विवरण प्रशोधन गरेर केन्द्रबाट नै आउने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०१:०२
प्रतिक्रिया दिनुहोस्