Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विप्लव समुहलाई विस्वासमा लिन काँग्रेसको आग्रह

काठमाडौं ३ चैत
tribeni2

सरकारले विप्लव समुहका गतिबिधिमा रोक लगाउने निर्णयमा सच्याउन नेपाली काँग्रेसले आग्रह गरेको छ । वार्ताको ढोका खुला गरेर विप्लव समुहलाई विस्वासमा लिन काँग्रेसको आग्रह छ ।

कांग्रेसले विप्लव नेतृत्वको नेकपालाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको हो ।

कांग्रेसले दुबै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरि रहेको मुलुकमा फेरी नागरिक जीवन माथि खेलवाड नगर्न सचेत समेत गराएको छ । कांग्रेसले सत्तारुढ दलको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल पनि गरेको छ ।

प्रवक्ता बिश्वप्रकाश शर्माले बिज्ञप्ती निकालेर नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरेका छन् ।

कांग्रेसले संबिधान विपरित निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न नसकिने भन्दै वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न सरकारलाई भनेको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ०७:०३
प्रतिक्रिया दिनुहोस्