Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'महालक्ष्मी' चौथो बर्ष प्रवेश

tribeni2

रुकुम पश्चिम / महालक्ष्मी लाईफ इन्स्योरेन्स चौथो बर्षमा प्रवेश गरेको छ । ‘आज पनि भोलि पनि, बचत पनि सुरक्षा पनि’ भन्ने मुल नाराका साथ तीन बर्ष पहिला स्थापना भएको महालक्ष्मी लाईफ इन्स्योरेन्सले बिहिबार देशभर आफ्नो तेस्रो बार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

यस अवसरमा महालक्ष्मीले तीन बर्षमा प्राप्त गरेका उपलब्धिहरु समेत सार्वजनिक गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिम मुसिकोट शाखाका प्रमुख ब्युझना पुन देवकोटाका अनुसार तीन बर्षमा कुल ३ तीन सय १ करोड प्रिमियम प्राप्त गरेको छ भने ३ सय ९ करोड लगानी भएको छ ।

देशभर ६३ ओटा शाखा,उपशाखा बिस्तार गरेको महालक्ष्मीले कुल अभिकर्ता इजाजत २२ हजार ७ सय ७ प्राप्त गरेको छ । यसको हालको बोनस दर भने रु.४० देखि ५२ सम्म रहेको छ ।

जीवन बीमाको क्षेत्रमा छोटो समयमै राम्रो सफलता पाउन सफल यस इन्स्योरेन्सले अहिले युवासँग महालक्ष्मी लाईफ, प्रत्येक घरमा एउटा बिमा, सहायक कम्पनीको स्थापना, लघु बीमालााई प्राथमिकता र सुदृढ सस्थागत सुशासन जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

आज मुसिकोट शाखाले पनि आफ्ना अभिकर्ता र बिमितहरुका बिच कार्यालयमा तेस्रो बार्षिकोत्सवको कार्यक्रम मनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्