नेभिगेशन
समाज

रुकुम पश्चिममा फागुन १ गतेबाट सबै बिद्यालय सञ्चालन हुने

रुकुम पश्चिम / कोरोना संक्रमणको कारण बन्द गरिएका जिल्लाका सबै बिद्यालयहरु आगामी फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बिहिबार सम्पन्न बैठकले बन्द अवस्थामा रहेका बिद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार बिद्यालय सञ्चालन गर्दा १२ बर्ष पुरा भएका बिद्यार्थीको हकमा नियमित रुपमा र १२ बर्षमूनिका बिद्यार्थीको हकमा आलोपालो कक्षा सञ्चालन गनुपर्नेछ ।

बैठकले २५ जना भन्दा बढीको उपस्थितीमा बिभिन्न कार्यक्रम गर्न नपाउँने, सार्वजनिक सेवा लिदा वा यात्रा गर्दा अनिवार्य रुपमा कोरोना बिरुद्धको खोप कार्ड वा मोवाईलमा खोप कार्डको फोटो अनिवार्य गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैक तथा बित्तिय सेवा लगायत अन्य जनसेवाका कार्यहरु गर्दा जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य पालना गर्नुपर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज