Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आप्रवासन परियोजनाद्वारा अगुवासँग अन्तरक्रिया

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / सुरक्षित आप्रवासन (सामि) परियोजनाले सल्यानको सल्लीबजारमा बिहिवार अगुवाहरुसँग अन्तरक्रिया गरेको छ । डेप्लमेड सोसाइटी नेपाल सल्यानद्वारा सञ्चालित सामि परियोजनाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

यो परियोजनाले श्रम, रोजगार, सीप, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा काम गरिरहेको छ । अन्तरक्रियामा वैदेशिक रोजगारमा गएकाहरुका घरमा रहेका श्रीमतीहरु प्रतिको बहिस्करण तथा उनिहरुप्रती हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिएको छ । 

वैदेशिक रोजगारिमा रहेका व्यक्ति र उनीहरुका घर परिवारलाई मनोपरामर्श र आईपर्ने समस्याहरु न्युनिकरणका लागि परियोजना महत्त्वपूर्ण रहेको जनाएको छ ।

वैदेशिक रोजगारिको क्रममा ॠण, ठगि, जेल शोषण, अलपत्र, अंगभंग, पारिवारिक वेमेल, छोडपत्र, विखण्डन, सामाजिक लान्छना, मानिस तनाव, बालबच्चा र वृद्धहरुको हेरचाहमा समस्या लगायतका समस्या बेला बेलामा देखा पर्ने गर्दछन् । वैदेशिक रोजगारिले गरिबी न्युनिकरण, रिमिट्यान्स आर्जन जस्ता क्षेत्रमा सहयोग पुग्ने गरेको छ ।

सामुदायिक अगुवासँग परियोजनाले यस्तै सवाल र आईपर्ने समस्याहरु निराकरणका उपायहरु बारेमा छलफल गरेको छ । परियोजना कार्यक्रम अध्यक्ष दिपेन्द्र प्रकाश डिसि, परियोजना संयोजक विमल गौतम र कार्यक्रम अधिकृत विष्णु अर्यालले सो कार्यक्रमका बारेमा प्रष्ट पार्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०५:०२
प्रतिक्रिया दिनुहोस्