Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकारहरुको हितका लागि अक्षयकोष सञ्चालन

tribeni2

रुकुम पश्चिम / बिहिबार बसेको पत्रकार महासंघ जिल्ला शाखाको चौथो बैठकले पत्रकार अक्षयकोष नियमावली–२०७८ पारित गरेको छ ।

शाखाका सचिव हिरा परियारका अनुसार पत्रकारहरुको हकहित र व्यवसायीक सुरक्षाको लागि अक्षयकोष बनाईएको हो ।

बैठकले लामो समयसम्म प्रयोगविहिन अवस्थामा रहेको महासंघको भवन उपयोगमा ल्याउने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकले कार्यसमितिले एक वर्षमा गरेका प्रगतिहरुको विवरण संकलन गरेर सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै जिल्लामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि जिल्ला स्तरीय तालिम संचालन गर्ने र जिल्लाको आठबीसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपालमा कार्यरत पुर्व कर्मचारीले लामो समयसम्म तलव नपाएकाले तलव दिनका लागि रेडियो संचालन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पुर्व पदाधिकारी, बिभिन्न पेशागत संघ–संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्