Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मतदाता संख्या

रुकुम पूर्व : प्रारम्भिक मतदाता ३४ हजार ८ सय ४४, मतदानस्थल ३५ हुने

भुमेमा सबैभन्दा बढी मतदाता
२०७८ माघ २८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा प्रारम्भिक मतदाता संख्या ३४ हजार ८ सय ४४ पुगेको छ । जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीका अनुसार यो संख्या गत २४ गते सम्मको हो ।

जसमध्ये १७ हजार ७ सय ८० जना पुरुष र १७ हजार ६४ जना महिला रहेका छन् ।

जिल्लाको भुमे गाउँपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । भुमेमा ६ हजार ७७ जना पुरुष र ५ हजार ८ सय ८ जना महिला गरेर जम्मा ११ हजार ८ सय ८५ जना मतदाताहरुको प्रारम्भिक संख्या रहेको निर्वाचन अधिकारी ओलीले जानकारी दिनुभयो ।

सिस्नेमा ५ हजार ८ सय ३८ जना पुरुष र ५ हजार ६ सय ५३ महिला गरेर जम्मा ११ हजार ४ सय ९१ जना मतदाताहरु रहेका छन् ।

त्यसैगरी जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा ११ हजार ४ सय ६८ जना मतदाताहरु रहेका छन् । जसमध्ये ५ हजार ८ सय ६५ जना पुरुष र ५ हजार ६ सय ३ जना पुरुषको संख्या रहेको छ ।

यो प्रारम्भिक मतदाता संख्या भएकोले घटबढ हुन सक्ने निर्वाचन अधिकारी ओलीले बताउनुभयो । दोहोरो परेका, नामसारी आउने तथा जानेहरुको संख्या तलमाथी हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।
२०७४ सालमा भएको स्थानीय तह चुनावमा जिल्लामा मतदाताको संख्या २४ हजार ४ सय ८२ रहेको थियो ।

मतदानस्थल ३५ हुने

रुकुम पूर्वमा ३५ ओटा मतदानस्थल हुने भएका छन् । गत निर्वाचनमा ३१ ओटा मतदान केन्द्र रहेको रुकुम पूर्वमा यस पटक चार ओटा नयाँ मतदान स्थल थप हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका १० को आधारभूत विद्यालय घुम्लिबाङ, सिस्ने गाउँपालिका २ को मावि नायगाड, सिस्ने ४ को आधारभूत विद्यालय झाँक्रीपोले र सिस्ने गाउँपालिका ६ को आधारभूत विद्यालय खोपीचारमा नयाँ मतदान स्थल थप गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०५:०२
प्रतिक्रिया दिनुहोस्