Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हुम्लामा सकेट बम भेटियो

tribeni2

हुम्ला / शुक्रबार हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ को मेहलमा सकेट बम भेटिएको छ । बम जस्तो देखिने बस्तु देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उक्त स्थानमा नेपाली सेना पुगेपछि सकेट बम भएको पत्ता लागेको हो ।

नेपाली सेनाको बराहदल गुल्मका अनुसार शंकास्पद रुपमा भेटिएको उक्त बस्तु सकेट बम भएको पत्ता लागेको हो । बमलाई डिस्पोजल गर्ने उपकरणसहित नेपाली सेनाको टोली उक्त स्थान पुगेर डिस्पोज गरेको बताइएको छ ।

उक्त सकेट बम जनयुद्धताका छोडिएको हुन सक्ने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्