Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जनयुद्ध दिवस

जनयुद्ध दिवस मनाउन रुकुमको चौरजहारी र आठबिसकोट नगरपालिकामा सार्वजनिक बिदा

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी र आठबीसकोट नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने भएका छन् । जनयुद्धको सुरुवात भएको दिनको अवसरमा दुबै पालिकाले फागुन १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् ।

शुक्रबार चौरजहारी नगरपालिकाले र बिहिबार आठबिसकोट नगरपालिकाले छुट्टाछुट्टै सूचना निकालेर बिदाको जानकारी गराएका हुन् । जनयुद्धलाई भव्यताका साथ मनाउन बिदा दिईएको सूचनामा उल्लेख गरिएको छ ।

नेपालको संविधान २०७२ र संघिय लोकतान्त्रिक गणतन्त्रको आधारको रुपमा रहेको सशस्त्र जनयुद्धको थालनी भएको दिन २०५२ फागुन १ को सम्झनामा हरेक बर्षको फागुन १ गते नेकपा माओवादी केन्द्र र माओवादीबाट छुट्टिएर बनेका अन्य दलले समेत बिशेष रुपमा मनाउने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्