Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडि सडकखण्डको खरखरेमा ठुलो पहिरो, पन्छाउन केहि दिन लाग्ने

tribeni2

रुकुम पश्चिम / मध्यपहाडि लोकमार्गको रुकुम पश्चिम खण्डमा ठुलो पहिरो आएको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर ३ को खरखरेमा शुक्रबार राती सुख्खा पहिरो आएको सोही वडाका वडा अध्यक्ष भिमबहादुर खड्काले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खड्काका अनुसार राती १२ बजे ठुलो पहिरो आएकोले सवारी साधन आवागमनमा अवरोध गएको छ । पहिरो पन्छाउन करिब हप्ता दिन बढी लाग्ने उहाँको अनुमान छ ।

अझै पहिरो खस्न सक्ने अवस्था रहेकोले पहिरो पन्छाउन सुरु गरिएको भने छैन । 

सवारी साधन सुचारु गर्नको लागि बैकल्पिक रुपमा पिपलनेटा - धैरेनीचौर - माछिमीको बाटो सुचारु भएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्