Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

न्युजील्यान्ड आक्रमणमा एक जनाको मात्र संलग्नता

एजेन्सि ३ चैत
tribeni2

न्युजिल्याण्डको क्राइस्टचर्च स्थित दुई मस्जिदमा शुक्रबार भएको आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको पाइएको छ ।

अस्ट्रेलियाका नागरिक २८ वर्षीय ब्रेन्टन ट्यारेन्ट मात्रै घटनामा संलग्न देखिएको प्रहरीले न्युजिल्याण्ड प्रहरी जनाएको छ ।

उनले मस्जिदमा आक्रमण गरी फेसबुकबाट प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जना पक्राउ परेको भए पनि उनीहरू निर्दोष देखिएको न्युजिल्याण्डका पुलिस कमिसनर माइक बुसले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्राइस्ट चर्चस्थित अल नूर र लिनउड मस्जिदमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५० जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अस्ट्रेलियन नागरिक ब्रेन्टनलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

उनलाई आगामी अप्रिल ५ सम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १५:०३
प्रतिक्रिया दिनुहोस्