Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कान्तिपुरकर्मी महेश केसीलाई यदु स्मृति पत्रकारिता पुरस्कार

tribeni2

रुकुम पश्चिम / कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार महेश केसीले 'यदु स्मृति पत्रकारिता पुरस्कार २०७८' पाउनुहुने भएको छ ।

यदु स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कारको लागि शुक्रबार बसेको प्रतिष्ठानको बैठकले उहाँलाई पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

पत्रकार केसी लामो समयदेखी रुकुममा सक्रिय पत्रकारिता गरिरहनुभएको छ ।

सिफारिस समितिका संयोजक सूर्य थापाको अध्यक्षतामा सम्पन्न बैठकले पत्रकार केसीलाई उक्त पुरस्कारका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकमा समितिका सदस्य तीर्था गौतम र सदस्य सचिव रूद्र खड्काको उपस्थिति थियो। पुरस्कार आगामी फागुन २१ गते प्रदान गरिने जनाईएको छ ।

विगत २० बर्षदेखि यदु स्मृति प्रतिष्ठानले हत्या, हिंसा र अराजकताविरूद्द शान्ति, सुशासन र अमनचयनको पक्षमा कलम चलाउने पत्रकारलाई यो पुरस्कार प्रदान गर्दैं आएको बताएाको छ ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्