Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चाउचाउ उद्याेगमा लागेकाे आगाे अझै नियन्त्रणमा आएन

tribeni2

झापा/  झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा लागेको आगो अझै निभेको छैन ।

आगो बिहान चार बजेदेखि लागेको हो ।

मेचीनगर नगरपालिकाका उपमेयर मिना पोख्रेल उप्रेतीका अनुसार अहिले दमकलको सहयोगमा सुरक्षकर्मी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

उद्योगमा प्लाष्टिकको मात्रा धेरै भएकाले आगो निभाउन गाह्रो भइरहेको प्रहरीले जनाएको छ । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ वटा दमकलको प्रयोग गरिएको छ ।

आगो निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ००:०२
प्रतिक्रिया दिनुहोस्