Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जनयुद्ध दिवस

जनयुद्धको उद्गम थलोमा के-के हुदैछ भोलि ?

चार स्थानीय सरकारद्वारा सार्वजनिक बिदा
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम र भोलि सशस्त्र जनयुद्धको थालनी भएको दिन अर्थात फागुन १ गते जनयुद्ध दिवस । यस दिनलाई नेकपा माओवादी केन्द्र र माओवादीबाट छुट्टिएर बनेका अन्य दलहरुले बिशेष रुपमा मनाउने गरेका छन् ।

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउन लागेको छ ।

मुसिकोट नगरकमिटिले जनयुद्ध दिवसको अवसर पारेर नगर पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागेको छ । सहिदहरुको फोटोमा माल्यार्पन र चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको पार्टीका नगर कमिटी सदस्य नारायण केसीले जानकारी दिनुभयो ।

यसैगरी चौरजहारी नगरकमिटी, आठबिसकोट नगरकमिटी, सानोभरी गाउँकमिटी,बाँफिकोट गाउँकमिटी, र त्रिवेणी गाउँकमिटीले पनि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको बताएका छन । प्राय सवै पालिका कमिटीहरुले पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दैछन भने जिल्लाका सवै वडाहरुमा शुभकामना ब्यानर राख्ने र पार्टीको झण्डा राख्ने कार्यक्रम पनि रहेको मुसिकोट नगर सदस्य शुसिल विष्टले जानकारी दिनुभयो ।

२०५२ साल फागुन १ गते ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै जनयुद्धको बाटोमा अघि बढौँ, विद्रोह जनताको अधिकार हो’ भन्ने मूल नाराका साथ तत्कालिन माओवादीले जनयुद्ध सुरुवात गरेको थियो ।

दिवसको अवसरमा रुकुम पश्चिमका स्थानीय तहहरुले पनि जनयुद्धलाई भव्यताका साथ मनाउने तयारी गरेका छन ।

जिल्लाको मुसिकाेट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा पालिकामा सुचना निकालेर नै सार्वजनिक बिदा दिएका छन ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्