Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा निर्माण भएको बिद्युत सव स्टेशनको परिक्षण सफल

भोलिदेखि सव स्टेशनबाट बिद्युत वितरण हुने
tribeni2

रुकुम पश्चिम / नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा निर्माण गरिएको बिद्युत सव स्टेशन परीक्षण सफल भएको जनाएको छ ।

तीन दिन अघिबाट सव स्टेशनको परीक्षणमा भएको स्टेशन ट्रान्सफर चार्जको मुख्य काम सफल भएको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिमका प्रमुख त्रिलोचन भट्टराईने जानकारी दिनुभयो ।

उक्त सव स्टेशन ३३/११ केभि, ३ एमभिए क्षमताको रहेको प्रमुख भट्टराईले बताउनुभयो । अब पावर ट्रान्सफर चार्ज गरी सप्लाई दिने तयारी भएको समेत उहाँले जनाउनुभयो । आज रातभर चार्जमा राखिने र भोलिबाट यसबाट लाईन बितरण गरिने प्रमुख भट्टराईले बताउनुभयो । 

अहिले सल्यानको शितलपाटी सव स्टेशनबाट जिल्लामा ११ केभिको लाईन आईरहेको छ । अब भने सव स्टेशनमा सल्यान हुँदै ३३ केभि क्षमताको प्रसारण लाईन आउने छ । अब सव स्टेशनबाट ११ केभिको लाईन वितरण हुने बताईएको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्