Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

संविधानको कार्यान्वयन मार्फत समाजवादी क्रान्तिको आधार तयार गर्न अध्यक्ष केसीको आह्वान

tribeni2

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष एवंम पूर्वमन्त्री विमला केसीले जनआन्दोलनकै बलमा नेपालमा सदियौंदेखिको सामान्ती राजतन्त्र अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी गर्नुभएको छ । केसीले जनयुद्धले तत्कालिन जनवादी क्रान्ति नेपाली मौलिकतासहित पुरा भएपनि वैज्ञानिक समाजवाद स्थापनाको दीर्घकालिन लक्ष्य अझै बाँकी रहेको बताउनुभएको छ । 

उहाँले २७ ओं जनयुद्धको अवसरमा शुभकामना सन्देश दिँदै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘जनयुद्धका कारण प्राप्त राजनैतिक उपलब्धिहरूको उपभोग गर्ने तर महानतालाई खिसीट्युरी गर्ने प्रवृत्तिको भ्रत्र्सना एवंम सबैखाले प्रतिगमनकारी तथा प्रतिक्रियावादी दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापूर्वक अघि बढ्न आह्वान गर्दछु । हामीले उपलब्धिको रुपमा संविधान, समावेशीता, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता पाएका छौं।’

अध्यक्ष केसीले जनयुद्ध दिवसले संविधानको कार्यान्वयन मार्फत समाजवादी क्रान्तिको आधार तयार गर्दै नेपालमा समाजवादी राज्य व्यवस्था स्थापनाको बाटोमा अघि बढ्न पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्