Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कविता - जनयुद्ध

tribeni2

    . सुमिना

भोका नाङ्गा र निमुखा जनताहरूका निम्ति
स्वर्णिम आशाको किरण थियो जनयुद्ध ।

शोषक, सामन्त र जाली फटाहाहरूका निम्ति
भोक, चैन र निद्रा बिथोल्ने घटना थियो जनयुद्ध ।

ढोँगी, स्वार्थी, लाल गद्दार, धोकेवाजहरूको निम्ति
धनयुद्ध थियो जनयुद्ध ।

असमानता र विभेदको जाँतोमा पिसिएका
बहुसङ्ख्यक झुपडीहरूका निम्ति
वर्गीय मुक्तिको उदय र
समाजवादको सुनौलो सपना थियो जनयुद्ध ।

अल्पसङ्ख्यक दलाल पुँजिवादीहरूका निम्ति
महल चढ्ने भर्‍याङ बन्यो जनयुद्ध ।

युद्ध बिरोधी प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरू भन्छन्
ूएक असफल युद्ध कुहिएको फर्सी हो जनयुद्ध।

तर, क्रान्तिकारीहरूका निम्ति अझै पनि
सिङ्गो देश र सीमान्तीकृतहरूमाथि हैकम जमाएको
बर्बर सामन्ती राजतन्त्रको जरो उखेल्ने
उदाहरणीय शक्ति थियो जनयुद्ध ।

गाउँगाँउका दमनकारी जाली फटाहाहरूको विरुद्ध
सिङ्गो जनसमुदायको चेतनाको उदय थियो जनयुद्ध ।

हजारौँ हजार योद्धाहरूको रगत मिसिएको रक्तबीज हो जनयुद्ध ।

समग्रमा
एक चरण आन्दोलनको आँधीबेहरी उठाएको
ऐतिहासिक क्रान्ति हो जनयुद्ध ।

युद्ध
जीवनकै अपरिहार्य
मान्छेभित्र सचेत र ज्युदो मान्छे बाँच्नुको प्रमाण ।

युद्ध प्रक्रिया निरन्तरताको
साथी
युद्ध अझै सकिएको छैन
क्रान्ती अझै बाँकी छ यो चलिरहन्छ।।

 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्