Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बर्ड फ्लु लागेका कुखुरा नष्ट राम्रोसंग नभएको भन्दै स्थानीय आक्रोशित

मकवानपुर ३ चैत
tribeni2

मकवानपुरको हेटौंडा–७ मा बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको राम्रो ब्यवस्थापन नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रभावित क्षेत्रमा गएराति अबेरसम्म कुखुरा नष्ट गरिएकोमा राम्रोसंग नपुर्दा समस्या भएको स्थानीयको भनाइ छ ।

बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा राति १२ बजेसम्म नष्ट गर्ने काम भए पनि खाल्डोमा राम्रोसंग नपुर्दा समस्या भएको स्थानीय राजुबाबु श्रेष्ठले बताए ।

कतै कुखुरा खोल्डोमा हालेर छोडिएको र कतै सामान्य ढंगले छोपिएकोले स्वास्थ्य जोखिम बढ्ने त्रास स्थानीयमा रहेको श्रेष्ठले बताए ।
आज पनि कुखुरा नष्ट गरेर खाल्डोमा पुर्ने काम हुने भएकाले यसतर्फ ध्यान दिन सम्बन्धित निकायलाई प्रभावित क्षेत्रका स्थानीयले आग्रह गरेका छन् ।

हेटौंडाको बर्डफ्लु प्रभावित क्षेत्रबाट करिब तीन करोड मुल्य बराबरका ४१ हजार कुखुरा नष्ट हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १५:०३
प्रतिक्रिया दिनुहोस्