Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनयुद्ध दिवसको अवसरमा जग्गादान

आजैबाट भवन निर्माणको लागि काम सुरु
tribeni2

रुकुम पश्चिम / जनयुद्ध दिवसको अवसर पारेर यहाँ स्थानीयले एक वडा कार्यालयलाई जग्गादान गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ९ मा वडा कार्यालय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका हनु् ।

स्थानीय नरेन्द कुमार चन्द र हरिप्रकाश ओलीले वडा कार्यालयको लागि जग्गा दान गर्नुभएको हो । बैरागीठाँटि - काँइयोखोला - नुवाकोट - चौरजहारी सडकखण्डमा पर्ने सडकले छोएको २० मिटर लम्बाई र २० मिटर चौडाई भएको जग्गा चन्द र ओलीले वडा कार्यालयको लागि दान गर्नुभएको वडा अध्यक्ष बिरबहादुर डाँगीले बताउनुभयो ।

उक्त जग्गा करिब २० लाख बराबरको रहेको बताइएको छ । वडा अध्यक्ष डाँगीका अनुसार आजै वडा कार्यालय भवन निर्माणको लागि काम समेत सुरु गरिएको छ ।

काम तिब्र रुुपमा गरेर आगामी बैशाख १ गते वडा कार्यालय सञ्चालन गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष डाँगीले जनाउनुभयो । अहिले वडा कार्यालय भाडाको घरमा सचालन हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्